२०८३ कार्तिक १२ गते बिहिवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।
बिहीबार अपराह्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।
एनपीएलमा कर्णाली लगातार दोस्रो जितको खोजीमा छ। कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले हराएको थियो।
विराटनगर भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। विराटनगर भने पहिलो खेलमा चितवनसँग आठ रनले पराजित भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij