Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

जनकपुरविरुद्ध काठमाडौंले टस जित्यो, पहिले ब्याटिङ गर्ने

जनकपुरविरुद्ध काठमाडौंले टस जित्यो, पहिले ब्याटिङ गर्ने


  • 393
    Shares

    जनकपुरविरुद्ध  काठमाडौंले टस जित्यो, पहिले ब्याटिङ गर्ने
    images

    काठमाडौं ।  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोखार्जले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ ।

    काठमाण्डुको यो पहिलो खेल हो । ऊ जनकपुरलाई हराएर विजयी सुरुआत गर्ने लक्ष्यमा छ । उता जनकपुर पहिलो जितको खोजीमा छ । 

    उसले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पराजय व्यहोरेको थियो । आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स आमनेसामने हुने तालिका छ । उक्त खेल अपराह्न ५ बजेदेखि सुरु हुनेछ ।

    विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग हार व्यहोरेको थियो । सोमपाल कामी नेतृत्वको कर्णाली भने लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ । उसले पहिलो खेलमा पूर्वविजेता जनकपुरलाई १९ रनले हराउँदै उत्कृष्ट सुरुआत गरेको थियो । कर्णाली आज पनि सोही जित लय जारी राख्ने योजनामा छ । 

    एनपिएलमा  आठ वटा टोली प्रतिस्पर्धामा छन् । प्रतियोगिता मङ्सिर ५ गतेसम्म जारी रहने छ । 

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - १२:५६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij