२०८३ कार्तिक ४ गते बुधवार
वीरगन्ज । वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल फिंगर गेमिंग जोन क्यासिनोबाट मंगलबार राति प्रहरीले ५ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा क्यनसिनोमा जुवा खेल्न गएका चार जना नेपाली ग्राहक र एक जना क्यासिनोका कर्मचारी रहेकम छन्। जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त सूचना अधिकारी विकास राईका अनुसार,उक्त क्यासिनोमा नेपाली नागरिकहरुलाई प्रवेश गराई जुवा खेलाईरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलबार राति उक्त क्यासिनोमा पुगेर छापा मारेको थियो।
त्यसक्रममा क्यासिनोमा जुवा खेल्दै गरेका बाराको पचरौता नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४८ का रामचन्द्र साह,बाराकै प्रसौनी गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ४९ का अच्छेलाल प्रसाद, बाराकै प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ४७ का सुवास कुमार, रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ५० का सुमेश्वरनाथ प्रसाद तथा क्यासिनाका कर्मचारी बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ घर भएका ३५ वर्षीय सुनिल पटेललाई पक्राउ गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij