Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

शुभकामना सन्देश

विजया दशमीमा प्रधानमन्त्री वालेन्द्र शाहको सन्देश- भ्रष्टाचार र कुशासन हटाउन एकजुट बनौँ

विजया दशमीमा प्रधानमन्त्री वालेन्द्र शाहको सन्देश- भ्रष्टाचार र कुशासन हटाउन एकजुट बनौँ


  • 407
    Shares

    विजया दशमीमा प्रधानमन्त्री वालेन्द्र शाहको सन्देश- भ्रष्टाचार र कुशासन हटाउन एकजुट बनौँ
    images

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विजयादशमीको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

    विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

    उनले हरेक नागरिकले सरकार आफ्ना लागि छ भन्ने अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । यस्ता विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उनको भनाइ छ । परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्ने उनले बताएका छन् ।

    प्रधानमन्त्री शाहले विजयादशमीलाई असत्यमाथि सत्यको विजयका रूपमा व्याख्या गर्दै पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग स्मरण गरेका छन् ।

    उनले विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्ने प्रेरणा दिने उल्लेख गरेका छन् । टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्ने यस पर्वको परम्पराले पारिवारिक सम्बन्ध र आत्मीयता थप सुदृढ बनाउने उनको सन्देश छ ।

    प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने बताएका छन् ।

    प्रकाशित मिति :कार्तिक ४ २०८३ बुधवार - १०:१५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij