Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुक्तिनाथ मन्दिरमा दशैंको टीका


  • 372
    Shares

    मुक्तिनाथ मन्दिरमा दशैंको टीका
    images

    मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थलका रुपमा परिचित मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टीका लगाइने भएको छ ।

    मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दशैंको अवसरमा सर्वसाधारणलाई टीका, जमरा र आर्शीवाद दिने कार्यक्रम रहेको जानकारी दिएका हुन् । विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टीका, जमरा लगाएर सर्वसाधारणलाई आशीर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ ।

    आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दशैं टीका लगाइदिने व्यवस्था गरिएको हो ।

    दशैंको दिन बिहान ५ बजेदेखि मुक्तिनाथमा नृत्य आराधना सुरु हुनेछ । अराधना सकिएलगत्तै दशैंको टीका लगाउने कार्यक्रम रहेको पुजारी सुवेदीले जानकारी दिए । भगवानको नृत्य कर्म करिब २ घण्टासम्म चल्नेछ ।

    प्रकाशित मिति :कार्तिक ४ २०८३ बुधवार - १०:०४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij