२०८३ कार्तिक ४ गते बुधवार
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा हिमपात पनि हुनेछ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
हिमाली भूभाग तथा कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार राति कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij