Logo

२०८३ कार्तिक १४ गते शनिवार

२०८३ कार्तिक १४ गते शनिवार

मौसम पूर्वानुमान

अर्नब चक्रवात प्रभाव : चिसो बढ्ने, विपत्ति र जोखिमको सम्भावना, सावधानी अपनाउन आग्रह

अर्नब चक्रवात प्रभाव : चिसो बढ्ने, विपत्ति र जोखिमको सम्भावना, सावधानी अपनाउन आग्रह


  • 351
    Shares

    अर्नब चक्रवात प्रभाव : चिसो बढ्ने, विपत्ति र जोखिमको सम्भावना, सावधानी अपनाउन आग्रह
    images

    काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव देशभर देखिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशमा बादल लाग्नेछ ।

    कोशी, मधेश र बागमती प्रदेशका अधिकांश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हल्का वर्षा तथा कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज राति देशभर बादल लाग्नेछ । हिमाली भेगका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    सम्भावित वर्षाका कारण धानबाली भित्राउनेलगायत कृषि कार्य आज र भोलि नगर्न अनुरोध गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ । साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

    वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।

    साथै, महाशाखाले भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १४ २०८३ शनिवार - ०८:४२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij