Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

पत्रकारहरु पक्राउपछि प्रेस काउन्सिलको आकस्मिक बैठक

पत्रकारहरु पक्राउपछि प्रेस काउन्सिलको आकस्मिक बैठक


  • 323
    Shares

    पत्रकारहरु पक्राउपछि प्रेस काउन्सिलको आकस्मिक बैठक
    images

    काठमाडौँ । पत्रकार पक्राउ तथा विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले धरपकड गरेको घटनाबारे प्रेस काउन्सिल नेपालको शुक्रबार आकस्मिक बैठक बसेको छ । 

    काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले आकस्मिक बैठक बसेको जानकारी दिएका हुन् । बैठकपछि काउन्सिलले विज्ञप्ति जारी गर्दै पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयासप्रति गम्भीर आपत्ति जनाएको छ ।

    काउन्सिलले पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको र अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको जनाएको छ ।

    प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलको भनाइ छ ।

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - १९:४२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij