Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

एमाले–नेकपा

ओली–प्रचण्ड चुनावी सहकार्यको तयारी, पछि सारियो महाधिवेशन

ओली–प्रचण्ड चुनावी सहकार्यको तयारी, पछि सारियो महाधिवेशन


  • 463
    Shares

    ओली–प्रचण्ड चुनावी सहकार्यको तयारी, पछि सारियो महाधिवेशन
    images

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी स्थानीय तथा प्रदेश सभा निर्वाचनमा चुनावी सहकार्य गर्ने तयारीमा जुटेका छन् ।

    दुवै नेताले नेतृत्व पुनर्गठन र पार्टी महाधिवेशनलाई तत्काल प्राथमिकतामा नराखी संगठन विस्तार तथा चुनावी तयारीलाई तीव्रता दिएका छन् ।

    नेकपाले आगामी ११ पुसमा वडा र १५ माघमा पालिका अधिवेशन गर्ने निर्णय गरेको छ भने केन्द्रीय महाधिवेशन स्थानीय र प्रदेश सभा निर्वाचनपछि गर्ने भएको छ । एमालेले पनि २६ मंसिरमा वडा र ४ पुसमा पालिका अधिवेशन गर्ने तयारी गरेको छ ।

    यसैबीच, ओली र प्रचण्डबीच प्रदेश सरकारमा भएको सहकार्यलाई आगामी निर्वाचनसम्म विस्तार गर्ने सैद्धान्तिक समझदारी बनेको स्रोतको दाबी छ । दुवै नेताबीच टेलिफोन संवादसमेत निरन्तर भइरहेको बताइएको छ ।

    एमाले र नेकपाका नेताहरूले पनि आगामी निर्वाचनमा वामपन्थी सहकार्य र चुनावी तालमेलको सम्भावनालाई सकारात्मक रूपमा लिएका छन् । यद्यपि, यसबारे दुवै पार्टीले औपचारिक निर्णय भने गरिसकेका छैनन् ।

    नेताहरूका अनुसार आगामी स्थानीय तथा प्रदेश सभा निर्वाचन वामपन्थी सहकार्यको आधार तयार गर्ने अवसर बन्न सक्ने देखिएको छ ।

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - १९:०३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij