Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

त्रिवि क्रिकेट मैदानमा छिटपुट वर्षा

त्रिवि क्रिकेट मैदानमा छिटपुट वर्षा


  • 435
    Shares

    त्रिवि क्रिकेट मैदानमा छिटपुट वर्षा
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको त्रिवि क्रिकेट मैदानमा वर्षा हुन थालेको छ । काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच भएको आजको पहिलो खेल सकिएगत्तै मैदानमा छिटपुट वर्षा हुन थालेको छ ।

    वर्षा हुन थालेसँगै अहिले मैदानमा त्रिपालले कभर गरेर राखिएको छ । आजै साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच अर्को खेल हुने कार्यतालिका छ ।

    उक्त खेलअघि काठमाडौंको आकाश बादलले धुम्मिएको छ भने मैदानमा अँध्यारो हुन थालेपछि फ्लडलाइट पनि बालिएको छ ।

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - १६:३०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij