Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

जेनजी आन्दोलनमा भागेका बाबु थापा पक्राउ, न्यायाधीश बम हत्या प्रकरणका प्रतिवादी

जेनजी आन्दोलनमा भागेका बाबु थापा पक्राउ, न्यायाधीश बम हत्या प्रकरणका प्रतिवादी


  • 911
    Shares

    जेनजी आन्दोलनमा भागेका बाबु थापा पक्राउ, न्यायाधीश बम हत्या प्रकरणका प्रतिवादी
    images

    काठमाडौं ।  सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका बाबु थापा छन् ।

    उनलाई सर्लाही स्थित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले रातोपाटीलाई बताए । बुधबार राति पक्राउ परेका थापा जेनजी आन्दोलन हुँदा २०८२ भदौ २४ मा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए ।

    सर्लाहीको बागमती नगरपालिका–१ घर भएका ४८ वर्षीय बाबुको साथबाट प्रहरीले दुईथान पेस्तोल पनि बरामद गरेको छ । जेलबाट भागेपछि उनी विभिन्न ठाउँमा लुकेर गएराति आफ्नो घरमा पुगेका हुन् । इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    उनीबिरुद्ध हातहतियार खरखजाना मुद्दामा म्याद लिएर अनुसन्धान गरिने डीएसपी राईले बताए । न्यायाधीश बमको हत्या गरेको कसुरमा अदालतले उनलाई जन्मकैद ठहर गरेको थियो । २०६९ जेड १८ मा बमको हत्या भएको थियो । प्रतिवादी थापा यसअघि २०७१ मा पक्राउ परेका थिए । 

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा कुटपिटमा बलबहादुर संलग्न रहेको खुलेपछि उनका बुबा भक्तबहादुरलाई छाडिएको थियो । बलबहादुरलाई भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी पठाइएको थियो ।

    अस्पतालमा उपचाररत लिलालाई असोज २८ गते बिहान करिब ११ बजे उनका छोरा हिराबहादुर खत्रीले घर लैजाने भन्दै अस्पतालबाट लगेका थिए । उपचार पूरा नहुँदै उनलाई घर फर्काउन लागिएको र बाटोमै स्वास्थ्य अवस्थाबारे शंका उत्पन्न भएपछि परिवारले उनलाई गुल्मी अस्पताल, तम्घासमा जाँचका लागि पुर्‍याएको थियो ।

    गुल्मी अस्पतालमा जाँच गर्दा चिकित्सकले सोही दिन दिउँसो लिलालाई मृत घोषणा गरेका थिए । त्यसपछि घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा प्रहरी टोली खटिएको थियो । असोज २८ गते साँझ शव परीक्षणपछि मृतकका छोरा हिराबहादुरले शव बुझेका थिए ।

    त्यसपछि शव अन्त्येष्टिका लागि लगिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकीरण बोगटीका अनुसार घटनामा संलग्न रहेको आरोपमा बलबहादुरविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

    मालिका वडा नं २ का वडाध्यक्ष विनोद श्रीसका अनुसार पहिलेबाट मानसिक असन्तुलन भएका बलबहादुरले मदिरा सेवन गरेर झगडा गरेपछि भाउजूमाथि आक्रमण गरेका हुन् । बलबहादुरका दाजु र तीन छोराछोरी पनि घरमै रहे पनि मदिराले मातेका उनको आक्रमणबाट बचाउन भने सकेनन् ।

    प्रकाशित मिति :आश्विन २९ २०८३ बिहिवार - १०:४१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij