२०८३ कार्तिक १५ गते आइतवार
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा चीनतर्फबाट आएको भीषण बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा ठुलो धनजनको क्षति पुर्याएपछि मुलुक शोकमग्न बनेको समयमा सेयर बजारमा ‘पहिरो’ गएको छ ।
आज नेप्से परिसूचक ३५.९२ अंकले घटेर २,५५८ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको घटेको छ ।
आज दिनभरिमा ३४८ कम्पनीको १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ । आज चिलिमे हाइड्रोको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै निर्जीवन बीमा समूह ३.९० प्रतिशत घट्यो । विद्युत् आयोजनामा क्षति हुनु र सोको क्षति निर्जीवन बीमा कम्पनीले पूर्ती गर्नुपर्ने भएकाले आज यी समूहगत सूचक बढी प्रभावित भए । यद्यपि अरु समूहगत सूचक पनि झरेका छन् । बैंकिङ ०.७४, विकास बैंक ०.८४, फाइनान्स १.१०, होटल तथा पर्यटन ०.५४, लगानी १.३१, जीवन बीमा १.५२, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनानस ०.९१, अन्य १.४४ तथा व्यापार ०.०४ प्रतिशत घटे ।
सर्वोत्तम पेन्ट्सको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै अपरहेवाखोलाको १०.४३, कालिन्चोक हाइड्रोपावरको ३.२१ प्रतिशत मूल्य बढ्यो । मूल्य धेरै घट्नेमा आजको बाढीबाट प्रभावित आयोजनाका कम्पनीहरु छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij