Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

विवादमा तानिएका न्यायाधीश फुयाल चार दिन बिदामा

विवादमा तानिएका न्यायाधीश फुयाल चार दिन बिदामा


  • 281
    Shares

    विवादमा तानिएका न्यायाधीश फुयाल चार दिन बिदामा
    images

    काठमाडौं । विवादमा तानिएपछि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदा बसेका छन्। आजदेखि चार दिनको लागि उनी बिदामा बसेका हुन्। 

    उनले प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग आज देखि २० गतेसम्मको बिदा स्वीकृत गराएका सर्वोच्च अदालतका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिएका छन्। 

    कात्तिक २० गतेपछि तिहार बिदा सुरू हुने भएकाले फुयालको बिदा कम्तीमा पनि कात्तिक २७ गतेसम्म लम्बिने देखिएको छ। 

    न्यायाधीश फुयाल र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाबिचको कुराकानीको स्क्रिनसट बाहिरिएपछि फुयाल बिवादमा तानिएका छन्। 

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १३:३२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij