Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

सुरुङ खनेर भागेका ८ मध्ये दुई कैदीबन्दी पक्राउ

सुरुङ खनेर भागेका ८ मध्ये दुई कैदीबन्दी पक्राउ


  • 316
    Shares

    सुरुङ खनेर भागेका ८ मध्ये दुई कैदीबन्दी पक्राउ
    images

    काठमाडौं । शुक्रबार राति डोल्पा जिल्ला कारागारमा सुरुङ खनेर भागेका ८ जना कैदीबन्दीमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी सन्तोषसिंह राठौरका अनुसार, जबर्जस्ती करणी मुद्दाका कैदी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घर भएका ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ घर भएका २८ वर्षीय रेशम राना रहेका छन् ।

    दुई जनालाई मंगलबार बिहान साढे १० बजेतिर आठबिसकोट नगरपालिका–६ दामाचौरस्थितको। खोली बगरबाटदेखि वडा नम्बर ९ राडीतर्फ आउँदै गरेको क।प्र। ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप पक्राउ गरिएको हो । पहिचान भएपश्चात उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी चौकी गोतामकोटमा राखिएको उनले बताएका छन् ।

    उनका अनुसार, चौरजहारी बेस क्याम्प रुकुम पश्चिम र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा ५ जनाको प्रहरी टोली कैदीबन्दीहरूको खोजतलासका लागि खटिएको थियो ।  

     

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १३:०६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij