Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

डोल्पा कारागारबाट फरार कैदीको छानबिन गर्न तीन सदस्यीय समिति गठन

डोल्पा कारागारबाट फरार कैदीको छानबिन गर्न तीन सदस्यीय समिति गठन


  • 330
    Shares

    डोल्पा कारागारबाट फरार कैदीको छानबिन गर्न तीन सदस्यीय समिति गठन
    images

    काठमाडौं ।  डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर ८ कैदीबन्दी फरार भएका छन्। कात्तिक १३ गते राति पर्खाल भत्काएर सुरुङ बनाउँदै उनीहरू फरार भएको प्रहरीले जनाएको छ।

    घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अनिलराज गिरीले जानकारी दिए।

    फरार हुनेमा कालिप्रसाद रोकाया, हरिबहादुर बुढा, यज्ञ विक, तिलक भण्डारी, रामबहादुर कामी, रेशम राना, कपिल परियार र अदेश भण्डारी रहेका छन्।

    कारागारमा रहेका १७ कैदीबन्दीमध्ये ८ जना फरार भएका हुन्। उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। कैदीबन्दी कसरी सुरुङ खनेर फरार हुन सफल भए भन्ने विषयमा समितिले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक १५ २०८३ आइतवार - १३:५४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij