Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

कुमारी बैंकको नाफा १ अर्ब ७ करोड, अन्य सूचक कस्ता ?

कुमारी बैंकको नाफा १ अर्ब ७ करोड, अन्य सूचक कस्ता ?


  • 337
    Shares

    कुमारी बैंकको नाफा १ अर्ब ७ करोड, अन्य सूचक कस्ता ?
    images

    काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा कमाएको १ अर्ब ६ करोड रुपैयाँको तुलनामा १.७० प्रतिशतले बढी हो।

    बैंकको खुद नाफामा सामान्य सुधार देखिए पनि खुद ब्याज आम्दानीमा उल्लेख्य गिरावट आएको छ। त्यस्तै, बैंकको खराब कर्जा अनुपात बढेर ८.७२ प्रतिशत पुगेको छ।

    बैंकको खुद ब्याज आम्दानी २८.१९ प्रतिशतले घटेर २ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ। यद्यपि, कर्मचारी खर्च र कर्जा नोक्सानी व्यवस्थापन खर्च घट्दा बैंकको नाफामा सुधार देखिएको हो।

    बैंकको कर्मचारी खर्च १५.९७ प्रतिशतले घटेर ९१ करोड ६८ लाख रुपैयाँ कायम भएको छ। त्यस्तै, कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको रकम ६४.४१ प्रतिशतले घटेर ४४ करोड ९९ लाख रुपैयाँमा झरेको छ।

    यस अवधिमा बैंकको सञ्चालन नाफा भने ३२.३९ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। कुमारी बैंकको खराब कर्जा अनुपात बढेर ८.७२ प्रतिशत पुगेको छ। अघिल्लो अवधिमा यस्तो अनुपात ६.९८ प्रतिशत रहेको थियो। खराब कर्जा अनुपातमा भएको वृद्धिले बैंकको कर्जा गुणस्तरमा चुनौती थपिएको संकेत गर्छ।

    यता, बैंकको कोषको लागत भने घटेको छ। अघिल्लो अवधिमा ४.२९ प्रतिशत रहेको कोषको लागत घटेर ३.४३ प्रतिशतमा झरेको छ। बैंकको निक्षेप ६.३६ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा तथा सापटी ७.६८ प्रतिशतले वृद्धि भई २ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। बैंकको पुँजी पर्याप्तता अनुपात ८.५४ प्रतिशतबाट बढेर ९.१५ प्रतिशत पुगेको छ। चुक्ता पुँजी २६ अर्ब २३ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोष ५.०७ प्रतिशतले बढेर १८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।

    नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा १४ करोड ७२ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३९ करोड २० लाख रुपैयाँ ऋणात्मक थियो।

    बैंकको सञ्चित नाफा भने ७६.८३ प्रतिशतले घटेर १४ करोड ७२ लाख रुपैयाँ कायम भएको विवरणमा उल्लेख छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ११ पैसाबाट बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३१ पैसा रहेको छ। त्रैमासको अन्त्यमा बैंकको सेयर बजार मूल्य २३८ रुपैयाँ ४० पैसा र मूल्य–आम्दानी अनुपात १४.५५ गुणा रहेको छ।

     

     

     

    प्रकाशित मिति :कार्तिक १५ २०८३ आइतवार - १४:०९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij