२०८३ कार्तिक १५ गते आइतवार
काठमाडौ । बारामा प्रहरीको गोली लागेर घाइते भएका आदित्य पासवानलाई काठमाडौं ल्याइएको छ ।
शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा १६ वर्षीय किशोर पासवान घाइते भएका थिए । सुरुमा उनलाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको थियो ।
नेशनल मेडिकल कलेजले रिफर गरेपछि उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको बाराका एसपी नरेन्द्र कुँवरले बताएका छन् । पासवानलाई काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij