२०८३ कार्तिक १५ गते आइतवार
काठमाडौ । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज सुनको मूल्य १० ग्रामको २ लाख ३३ हजार १९५ रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदी आज १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदी १० ग्रामको ३ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij