Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

कांग्रेसले रोक्यो नवनिर्वाचित ४ केन्द्रीय सदस्यको शपथ

कांग्रेसले रोक्यो नवनिर्वाचित ४ केन्द्रीय सदस्यको शपथ


  • 113
    Shares

    कांग्रेसले रोक्यो नवनिर्वाचित ४ केन्द्रीय सदस्यको शपथ
    images

    काठमाडौं । नेपाली कांग्रेसले नवनिर्वाचित ४ केन्द्रीय सदस्यको शपथ रोक्ने भएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले १५ औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ रोक्न लागेको हो।

    कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज दिउँसो २ बजे सानेपामा हुँदै छ।

    अदालतमा मुद्दा रहेकाले नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ गर्न नपाउने भएका हुन्।

    खड्का केन्द्रीय सदस्यमा विजयी भएपनि निर्वाचन समितिले निर्वाचित भएकोसम्म घोषणा गरेको छैन।

    एक पदाधिकारीले भने, ‘उहाँहरूको अदालतमा मुद्दा रहेकाले अहिलेलाई रोक्ने भन्ने कुरा छ। अदालतबाट सफाइ पाएपछि उहाँहरूले जिम्मेवारी पाइहाल्नुहुन्छ।’

    यस्तै, केन्द्रीय सदस्यका उम्मेदवार सौगात थापाले ३५ वर्षमुनिको क्लस्टरबाट निर्वाचित सुशील भट्टको पनि शपथ रोक्न माग गरेका छन्। भट्ट ३६ वर्ष पुगेको भन्दै हिजो निर्वाचन आयोगमा उजुरी दिएका छन्।

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - १४:१२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij