Logo

२०८३ कार्तिक १० गते मंगलवार

२०८३ कार्तिक १० गते मंगलवार

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित


  • 267
    Shares

    एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
    images

    काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स विजयी भएको छ । कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्‍यो ।

    खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको जनकपुरले १९ ओभर ३ बलमा ११३ रन बनायो ।

    जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए भने मोइन अली र हर्मित सिंहले समान एक १९ रन बनाए ।

    कर्णालीका लागि युनिस ठकुरी र हुसेन तलातले समान तीन विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान एक विकेट लिए ।

    यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन तयार पार्‍यो ।

    कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । २९ बलको समना गरेका उनले चार छक्का प्रहार गरे ।

    त्यस्तै, पवन सर्राफले ३७ बलमा ३७ रन बनाए । उनले तीन छक्का प्रहार गरे । जनकपुरका हर्मित सिंहले ३, राहुल यादव र मोइन अलीले समान दुई विकेट लिए भने ललित राजवंशीले एक विकेट लिए ।

    प्रकाशित मिति :कार्तिक १० २०८३ मंगलवार - २१:४६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij