Logo

२०८३ कार्तिक १० गते मंगलवार

२०८३ कार्तिक १० गते मंगलवार

उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह

उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह


  • 358
    Shares

    उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह
    images

     काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले पदयात्रा नगर्न अध्यागमन विभागले आग्रह गरेको छ ।

    विभागले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको जनाएको उल्लेख गरेको छ ।

    मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै पर्यटकलाई उक्त अवधिभर सुरक्षित स्थानमा रहन विभागले अनुरोध गरेको छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिएका पदयात्रीलाई समेत सम्भावित जोखिम न्यूनीकरणका लागि पदयात्रा नगर्न आग्रह गरिएको छ ।

    विभागका अनुसार उक्त अवधिमा निषेधित क्षेत्रमा पदयात्रा गर्ने अनुमति आजकै मितिदेखि जारी नहुने जानकारीसमेत गराइएको छ ।

     

    866081425_1674755797341241_588216133261294922_n.jpgविभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा अन्य सरोकारवालालाई सूचनाको पालना गर्न अनुरोध गरेको छ ।

    अध्यागमन विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले मौसमको प्रतिकूलताबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक १० २०८३ मंगलवार - १७:१४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij