Logo

२०८३ कार्तिक १० गते मंगलवार

२०८३ कार्तिक १० गते मंगलवार

गाभीबाट नेपाललाई आठ अर्ब ५९ करोडको खोप सहयोग

गाभीबाट नेपाललाई आठ अर्ब ५९ करोडको खोप सहयोग


  • 519
    Shares

    गाभीबाट नेपाललाई आठ अर्ब ५९ करोडको खोप सहयोग
    images

    काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले रु आठ अर्ब ५९ करोड मूल्य बराबरको खोप सहायता प्राप्त गर्ने भएको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वको पहल र सम्वादका आधारमा नेपाललाई गाभीबाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म रु आठ अर्ब ५९ करोड १९ लाख ६८ हजार बराबरको सहायता प्राप्त गर्ने भएको हो।

    यसैगरी, गाभीबाट नेपालको नियमित खोप कार्यक्रमका लागि प्रदान गरिँदै आएको सहायता रकमको आर्थिक वर्ष २०१६÷१७ देखि २०२१÷२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै नेपालले फिर्ता गर्नुपर्ने भनी उल्लेख गरिएको तीन लाख आठ हजार २७१ अमेरिकी डलर मिनाहा भएको छ।

    विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोतमा दबाब बढिरहेको अवस्थामा सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने भनी देखाइएको रकम मिनाहा हुनु नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दिगो बनाउने दिशामा महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको मन्त्रिको सचिवालयले जनाएको छ।

    मन्त्री मेहताको पहल तथा गाभीसँगको संवादबाट सहायता रकमसम्बन्धी विषयमा सहजीकरण र तिर्न पर्ने भनि उल्लेख भएको रकम मिनाहा प्राप्त हुनुले राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

    नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित राख्दै आएको छ। नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तरराष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोग महत्त्वपूर्ण रहँदै आएको मन्त्रालयको भनाइ छ।

    प्रकाशित मिति :कार्तिक १० २०८३ मंगलवार - १७:३९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij