२०८३ कार्तिक १० गते मंगलवार
काठमाडौं । चितवनको ईच्छाकामना–४ धारापानी स्थित पृथ्वी लोकमार्गमा ट्रक, बस र माइक्रो एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
सर्लाहीबाट काठमाडौं आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिन तर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रो बस आज बिहान ०८ः४५ बजे एक आपसमा ठोक्किएका हुन् ।
सो दुर्घटनामा ११ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोलीले घाइतेको उद्धार गरेको थियो ।
दुर्घटनापछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । घाइतेलाई स्थानीय अस्पताल र कुरिनटार स्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij