Logo

२०८३ कार्तिक १० गते मंगलवार

२०८३ कार्तिक १० गते मंगलवार

दैलेखको घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए

दैलेखको घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए


  • 582
    Shares

    दैलेखको घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए
    images

    काठमाडौं ।  दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका मृत अवस्थामा भेटिएका छन्।

    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १३ र १४ वर्षीया दुई बालिका घर नजिकैको जङ्गलमा एकै ठाउँमा मृत भेटिएका हुन्। मृतक बालिकाहरू आपसमा मामा-फुपूका छोरी (दिदी-बहिनी) रहेको प्रहरीले जनाएको छ।

    आइतबार राति एकै घरमा सुतेका उनीहरू राति नै कतै निस्किएका थिए। सोमबार बिहान घरभन्दा केही टाढा रहेको जङ्गलमा दुवै जनाको शव एकसाथ फेला परेको हो।

    घटनाको कारण खुल्न नसकेको र इलाका प्रहरी कार्यालय तथा जिल्लाबाट खटिएको टोलीले घटना स्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक ९ २०८३ सोमवार - १६:०२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij