Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान


  • 351
    Shares

    सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
    images

    काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । 

    समितिले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाणसहित १० (दश) दिनभित्र उजुरी दिन अनुरोध गरेको हो।

    असोज २० गते बसेको न्याय परिषद् बैठकले पुनरावेदन अदातका न्यायाधीशहरूडा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

    संसदीय सुनुवाइ समितिको असोज २६ गते बसेको बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट सुरु हुने गरी १० दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको थियो । त्यही निर्णय बमोजिम समितिले सोमबार सूचना जारी गरेर उजुरी आह्वान गरेको हो ।

    समितिले सूचनामा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा स्पष्ट आधार, सबुत प्रमाणसहित शिष्ट र मर्यादित भाषामा उजुरी दिन आग्रह गरेको हो । समितिले सूचनादाताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने तर, उजुरीकर्ताले चाहेमा उसको पहिचान पूर्ण रूपमा गोप्य राखिने जनाएको छ।

    उजुरी संसदीय सुनुवाइ समितिको सचिवालय सिंहदरबारमा सिधै वा देशका कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता गराउन सकिने सूचनामा उल्लेख छ । 

    प्राप्त उजुरीहरूमाथि छानबिन गरी समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउनेछ। सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिद्वारा न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

    प्रकाशित मिति :कार्तिक ९ २०८३ सोमवार - १४:०५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij