Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

एनपीएलको तेस्रो संस्करण आजदेखि, सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

एनपीएलको तेस्रो संस्करण आजदेखि, सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा


  • 260
    Shares

    एनपीएलको तेस्रो संस्करण आजदेखि, सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा
    images

    काठमाडौं । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको सबै तयारी पूरा भइसकेको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ ।

    एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा आज साँझ पाँच बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच कीर्तिपुर मैदानमा प्रतिस्पर्धा हुँदैछ । यी दुई टिम साविक फाइनलिस्ट समेत हुन् ।

    हेड टू हेडमा को बलियो ?

    अघिल्लो फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको थियो । एनपीएलको तेस्रो सिजनसम्म आइपुग्दा यी दुई टिम तीन पटक भिडेका छन् ।

    तीनमध्ये अघिल्लो फाइनलमा जित हासिल गर्नुबाहेक लुम्बिनीले सुदूरपश्चिमसँग दुई खेलमा पराजय व्यहोरेको छ ।

    अघिल्लो सिजनको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो भने त्यसअघिको सिजको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो ।

    लगातार पाँच खेलमा लुम्बिनी अपराजित

    पछिल्ला पाँच खेलमा लुम्बिनी अपराजित छ । फाइनलअघि लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गरेको थियो । त्यस्तै, इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गरेको थियो ।

    लिग चरणको अन्तिम खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गरेको थियो भने त्यसअघिको खेलमा विराटनगर किंग्सलाई पनि ५ विकेटले पराजित गरेको थियो ।

    सुदूरपश्चिम पाँचमध्ये तीन खेलमा विजयी

    सुदूरपश्चिम भने पछिल्ला पाँचमध्ये तीन खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । फाइनलमा पराजित हुनुअघिको पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिमले ७७ रनको जित हासिल गरेको थियो ।

    अघिल्लो सिजनको लिग चरणको अन्तिम खेलमा पनि सुदूरपश्चिमले विराटनगरकै सामना गरेको थियो । उक्त खेलमा भने विराटनगरसँग सुदूरपश्चिम ६ विकेटले पराजित भएको थियो । त्यसअघिको चितवन राइनोजविरुद्धको खेलमा सुदूरपश्चिम ४९ रनले विजयी भएको थियो भने जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको थियो ।

    सुदूरपश्चिमको टिम

    दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा डा। इशान पाण्डे, अविनाश बोहोरा, आरिफ शेख, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन, विनोद भण्डारी, हेमन्त धामी लगायतका चर्चित खेलाडी छन् ।

    त्यसैगरी, सुदूरपश्चिममा हिक्मत महरा, हैदर अली, मिलन बोहरा, टेकबहादर रावत, अनिल खरेल, सचिन भट्ट, शेरफन रदरफोर्ड, टेकराज थलाल, आयुव चन्द, दिपक बोहरा, फेबियन एलेनजस्ता खेलाडी समावेश छन् ।

    लुम्बिनीको टिम

    रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा भने रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, डार्शी शर्ट, शमिम हुसेन, शाड्ली भान शाकवाइक, निरोशन डिक्वेलाजस्ता खेलाडी छन् ।

    त्यस्तै, लुम्बिनीमा दिनेश अधिकारी, अभिशेष गौतम, तिलक राज भण्डारी, दिलिप नाथ, आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव, अजय चौहान, करण घर्ती मगरजस्ता खेलाडी पनि समावेश छन् ।

    प्रकाशित मिति :कार्तिक ९ २०८३ सोमवार - ०७:४७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij