२०८३ कार्तिक ४ गते बुधवार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल प्रिमियर लिग तेस्रो संस्करणका सम्पूर्ण खेललाई मान्यता प्रदान गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बुधबार विज्ञप्ति जारी गरी उक्त जानकारी गराएका हुन्।
‘आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हने तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल थ्री) का सम्पूर्ण खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता प्रदान गरेको जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यससँगै प्रतियोगिताका सम्पूर्ण खेलले लिस्ट ए टी-२० को आधिकारिक मान्यता प्राप्त गरेका छन्।’

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij