Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

आजदेखि कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान सुरु

आजदेखि कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान सुरु


  • 330
    Shares

    आजदेखि कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान सुरु
    images

    काठमाडौँ । आजदेखि आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना विधिवत् रुपमा सुरु हुँदैछ । 

    आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

    आकाशदीपदान सकेसम्म बाँस, बाँस नपाएमा पलाँस, खएर, पीपलको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गर्ने गरिन्छ ।

    आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेष रूपमा तुलसी पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।

    आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

    कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

    आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने गएराति सम्पन्न भएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कात्तिक स्नान सुरु, आकाशदीपदान र तुलसीको विशेष पूजा आराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको रहेको छ ।

    प्रकाशित मिति :कार्तिक ९ २०८३ सोमवार - ०६:४४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij