Logo

२०८३ कार्तिक ८ गते आइतवार

२०८३ कार्तिक ८ गते आइतवार

काठे पुल बनाएर खुलाइयो गोरखाको चुमभ्याली पदमार्ग

काठे पुल बनाएर खुलाइयो गोरखाको चुमभ्याली पदमार्ग


  • 351
    Shares

    काठे पुल बनाएर खुलाइयो गोरखाको चुमभ्याली पदमार्ग
    images

    काठमाडौं । असोज २५ गते बुढीगण्डकीको सहायक नदी स्यारखोलामा आएको बाढीले भत्काएको बाटो मर्मत गरिएको छ।

    गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत दुई वडा- चुम्चेत र छेकम्पार आउजाउ गर्ने बाटो मर्मत गरिएको हो। साथै बाढीले सर्दीभिरस्थित क्यान्टिलिभर पुलमा क्षति पुर्‍याएकोले त्यहाँ अस्थायी रूपमा काठका पुल राखिएका छन्।

    पुल राखेपछि मानिस र खच्चडलाई खोला वारपार गर्न सहज भएको छ। दुई सातादेखि बन्द रहेको बाटो खुलाइएको हो। चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार चुम उपत्यका पदमार्ग आजदेखि पुन: सुरू भएको छ।

    ‘चुमनुब्री गाउँपालिका ६ र ७ चुमभ्याली जाने मूल बाटो पुन: सञ्चालनमा आएको छ,’ उनले भने, ‘हामीले आपतकालीन रूपमा ४ वटा काठे पुल बनाएका छौं र बाटोहरू पनि मर्मत गरिएको छ। अब सहज रूपमा पर्यटक पनि चुमभ्याली जान सक्छन्।’

    यहाँ बाटो र पुल बनाउन स्थानीय बासिन्दा दिनरात खटिएका थिए। स्वदेश तथा विदेशमा रहेका यहाँका स्थानीयहरूले पुल र बाटो मर्मत गर्ने टोलीलाई खाजा खर्चसमेत जुटाएका थिए।

    प्रकाशित मिति :कार्तिक ८ २०८३ आइतवार - १८:४१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij