२०८३ कार्तिक ८ गते आइतवार
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको निधनमा गाउँपालिकाले सोमबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष श्यामकला यादवले आइतबार सूचना जारी गर्दै कात्तिक ९ गते सोमबार शोक बिदा दिइएको जानकारी दिएकी हुन् ।
शोक बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरू बन्द रहनेछन् । तर, आकस्मिक तथा अत्यावश्यक सेवा भने सञ्चालनमा रहने गाउँपालिकाले जनाएको छ ।
८५ वर्षीय अध्यक्ष साहको गत बुधबार बिहान काठमाडौंमा निधन भएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij