२०८३ कार्तिक ७ गते शनिवार
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई निवर्तमान सभापति शेरबहादुर देउवाले बधाई दिएका छन् ।
शुक्रबार दसैंको टीका लगाउन पुगेका महर्जनलाई देउवाले ‘नेपालमै पहिला हुनुभयो, बधाई’ भनेका थिए ।
महर्जनले शनिबारको कुराकानीमा भने– म उहाँ(देउवा)कहाँ वर्षैपिच्छे टीका लगाउन जान्थेँ, हिजो पनि गएको हो । त्यहाँ उहाँका पारिवारिक सदस्यहरु पनि हुनुहुन्थ्यो ।”
महर्जनले देउवाले टीका लगाइदिँदै आफूलाई नेपालमै पहिला भएको भन्दै बधाई दिएको बताए ।
“उहाँ निकै खुसी हुनुभयो, नेपालमै पहिला हुनुभयो, बधाई छ है भन्नुभयो,” महर्जनले भने ।
महर्जन भर्खरै सम्पन्न १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ ७७ प्रतिशत बढी मत ल्याएर निर्वाचित भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij