Logo

२०८३ कार्तिक ७ गते शनिवार

२०८३ कार्तिक ७ गते शनिवार

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ


  • 498
    Shares

    औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ
    images

    कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागूऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो ।

    पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागूऔषधका चक्की सहित पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले औषधि पसलमा जाँच गरेको थियो । सो क्रममा विभिन्न चार प्रकारका लागू औषध सञ्चालिकाको साथबाट बरामद गरिएको थियो । 

    प्रहरीका अनुसार औषधि पसल सञ्चालिका ढुङ्गानाका साथबाट  कोडिप–पी (कोडिन) छ  हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक ७ २०८३ शनिवार - ११:५९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij