Logo

२०८३ कार्तिक ७ गते शनिवार

२०८३ कार्तिक ७ गते शनिवार

जोर्डनमा चर्चभित्र गोली चल्यो, छ जनाको मृत्यु, २८ घाइते

जोर्डनमा चर्चभित्र गोली चल्यो, छ जनाको मृत्यु, २८ घाइते


  • 323
    Shares

    जोर्डनमा चर्चभित्र गोली चल्यो, छ जनाको मृत्यु, २८ घाइते
    images

    काठमाडौं । जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले गोली चलाउँदा छ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

    सरकारी प्रवक्ताका अनुसार घटना कराक गभर्नरेटको हमूद गाउँस्थित चर्चमा भएको हो। कारमा आएका बन्दुकधारी चर्चभित्र प्रवेश गरी गोली चलाएर फरार भएका थिए।

    बीबीसीले प्रमाणीकरण गरेको सीसीटीभी फुटेजमा तीन जना बन्दुकधारी सडकबाट चर्चतर्फ जाँदै गरेको देखिएको छ। उनीहरूमध्ये दुई जना चर्च परिसरको सवारीसाधन प्रवेशद्वारतर्फ गएको र केही समयपछि तेस्रो व्यक्तिसहित फर्किएको दृश्यमा देखिन्छ। तीनै जनाको हातमा बन्दुक रहेको बताइएको छ।

    अन्त्येष्टि समारोहमा सहभागी एक व्यक्तिले जोर्डनको सरकारी टेलिभिजन च्यानल अल ममलकालाई बताएअनुसार दुई जना आक्रमणकारीले केही मिनेटसम्म गोली चलाएका थिए। उनीहरूले शोकसभामा सहभागी मानिसहरूलाई निशाना बनाएका थिए। गोली चल्ने समयमा चर्चमा १५० देखि २०० जनासम्म उपस्थित रहेको एक प्रत्यक्षदर्शीले एएफपी समाचार संस्थालाई बताएका छन्।

    जोर्डनका सरकारी प्रवक्ता मोहम्मद अल मोमानीले घटनालाई ‘घृणित आक्रमण’ भन्दै निन्दा गरेका छन्। जोर्डनका राजा अब्दुल्लाह द्वितीयले कराकमा भएको घटनालाई ‘आतङ्कवादी कार्य’ भन्दै त्यसमा संलग्न दोषीलाई कडा कारबाही गरिने बताएका छन्। हालसम्म कुनै पनि व्यक्ति वा सङ्गठनले आक्रमणको जिम्मेवारी लिएको छैन।

    घटनाबारे जानकारी दिन गृह मन्त्रालयका अधिकारीहरूले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्। साथै, प्रधानमन्त्रीको अध्यक्षतामा सबै मन्त्री सहभागी हुने सुरक्षा परिषद्को बैठक बस्ने सरकारी प्रवक्ताले बताएका छन्।

    लेबनानका राष्ट्रपति जोसेफ आउनले पनि चर्चमा भएको आक्रमणलाई ‘घृणित आतङ्कवादी हमला’ भन्दै निन्दा गरेका छन्।

    प्रकाशित मिति :कार्तिक ७ २०८३ शनिवार - ०६:३५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij