Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

सामसङको ग्यालेक्सी एस२६ एफई सार्वजनिक, मूल्य एक लाख २४ हजार ९९९

सामसङको ग्यालेक्सी एस२६ एफई सार्वजनिक, मूल्य एक लाख २४ हजार ९९९


  • 981
    Shares

    सामसङको ग्यालेक्सी एस२६ एफई सार्वजनिक, मूल्य एक लाख २४ हजार ९९९
    images

    काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस२६ एफइ सार्वजनिक गरेको छ । यन यूआई९ सहित आउने सिरिजको पहिलो फोनका रूपमा ल्याइएको एस२६ एफईमा सुधारिएको क्यामेरा, नयाँ ग्यालेक्सी एआई सुविधा र पातलो तथा हल्का डिजाइन रहेको कम्पनीले जनाएको छ ।

    फोनमा ट्रिपल रियर क्यामेरा, तीन गुणा अप्टिकल जुम, नाइट्रोग्राफी तथा नयाँ माई फ्यानक्याम सुविधा रहेको छ । होइराइजनल लकसहितको सुपर स्टिडीले भिडियो खिच्दा स्थिरता बढाउने कम्पनीको दाबी छ ।

    नयाँ वन यूआई९ मार्फत ग्यालेक्सी एस२६ एफईमा प्रयोगकर्ताको दैनिक आवश्यकता र रुटिनअनुसार कामलाई सहज बनाउने ग्यालेक्सी एआई सुविधा समावेश गरिएको छ ।

    नेपालमा ग्यालेक्सी एस२६ एफइको मूल्य एक लाख २४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो फोन तीन रंगमा उपलब्ध हुनेछ । २४ महिनाको ईएमआई मासिक तीन हजार ३९२ रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।

    सामसङले फोन खरिदमा १० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र १८ हजार ३५१ रुपैयाँ मूल्यको ६ महिनाको गुगल एआई प्रो सब्सक्रिप्सन निःशुल्क दिने जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २३ २०८३ शुक्रवार - १२:४१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij