Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

‘छ माया छपक्कै २’को गीत ‘मायामा एक्सपयारी डेट हुँदैन’ सार्वजनिक

‘छ माया छपक्कै २’को गीत ‘मायामा एक्सपयारी डेट हुँदैन’ सार्वजनिक


  • 1.4K
    Shares

    ‘छ माया छपक्कै २’को गीत ‘मायामा एक्सपयारी डेट हुँदैन’ सार्वजनिक
    images

    काठमाडौँ । यस वर्षको प्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’को दोस्रो गीत ‘मायामा एक्सपयारी डेट हुँदैन’ सार्वजनिक भएको छ । सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापामा शब्द र दीपक शर्माको संगीत छ । रोमान्टिक शैलीको गीतमा चलचित्रका तीन मुख्य कलाकार दिपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईको अभिनय छ ।

    गीतको भिडियोमा श्रीमान् श्रीमतीको भूमिकामा रहेका दीपक र केकीको प्रेमिल दृश्यको बीचमा सनिशाको प्रवेशले थप रोचकता थपेको छ।  किरण थापाले कोरियोग्राफी रहेको गीतमा त्रिकोणात्मक प्रेमको सङ्केत गर्दछ। तर सप्राइज दिन माहिर दिपकको टिमले कस्तो कथा बोलेको छ त्यो भने असोज ३१ गते फूलपातीपछि थाह हुनेछ ।

    आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आइएमीको संयुक्त प्रस्तुति रहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । निर्देशक लामा र दिपकराज गिरीको कथा रहेको चलचित्रको स्क्रिन्प्ले र डाइलग दिपकराज गिरिले तयार पारेका हुन् ।

    दिपाश्री निरौला सल्लाहकारको रूपमा रहेको चलचित्रमा दीपक, केकी र सनिशाको साथमा कर्मा, रिहान गिरि, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।  चलचित्रका कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी रहेका छन्। 

     

    प्रकाशित मिति :आश्विन २२ २०८३ बिहिवार - १३:४१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij