Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

गृहमन्त्री गुरुङको सम्पती छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न काँग्रेस सांसद केरुङको माग

गृहमन्त्री गुरुङको सम्पती छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न काँग्रेस सांसद केरुङको माग


  • 1.8K
    Shares

    गृहमन्त्री गुरुङको सम्पती छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न काँग्रेस सांसद केरुङको माग
    images
    काठमाडौं । नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनसम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
     
    उनले गृहमन्त्री गुरुङको सम्पती, शेयर लगानी तथा विवादित व्यवसायीसँगको सम्बन्धबारे उठेका प्रश्नको छानबिन गर्न सरकारले गठन गरेको समितिको प्रतिवेदन संसद् र जनतासामु सार्वजनिक गर्नुपर्ने उनको माग छ । स्वार्थको द्वन्द्व नहोस् र आफूविरुद्ध निष्पक्ष छानबिन होस् भन्दै गृहमन्त्री गुरुङले वैशाख ९ गते राजीनामा दिएका थियो । त्यसपछि सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । 

    उनले समितिले गृहमन्त्रीको सम्पत्ति, आम्दानीको स्रोत, ऋण, शेयर लगानी, बैंक मौज्दातलगायत विषयमा अध्ययन गरी ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको भएपनि सार्वजनिक नगरिएकोमा उनको आपत्ति जनाएका छन् । सांसद केरुङले प्रतिवेदन सार्वजनिक नगरी गुरुङलाई पुनः मन्त्री नियुक्त गर्नुले सरकारको पारदर्शिता र सुशासनमाथि प्रश्न उठाएको पनि बताएका छन् । 

     

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १६:३७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij