Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

कार्ययोजना ल्याएपछि नेप्सेमा हरियाली, कारोबार २ महिनाकै उच्च

कार्ययोजना ल्याएपछि नेप्सेमा हरियाली, कारोबार २ महिनाकै उच्च


  • 1.8K
    Shares

    कार्ययोजना ल्याएपछि नेप्सेमा हरियाली, कारोबार २ महिनाकै उच्च
    images

    काठमाडौं । शेयर बजार सुधारका लागि अर्थमन्त्रालयले कार्ययोजना सार्वजनिक गरेपछि मंगलबार नेप्से उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ४८.५७ अंकले बढेर २,६३३ को बिन्दुमा बन्द भएको हो । 

    आज २६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४७ कम्पनीको २ करोड ३ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ । 

    सबै समूहगत सूचक बढेको छ । बैंकिङ १.९०, विकास बैंक १.७६, फाइनान्स २.२३, होटल तथा पर्यटन १.४२, जलविद्युत् १.८४, लगानी २.५२, जीवन बीमा २.५९, उत्पादन तथा प्रशोधन ०.७७, माइक्रोफाइनान्स १.७५, निर्जीवन बीमा २.८२, अन्य २.१२ र व्यापार ०.९२ प्रतिशत बढेको छ । 

    आज २६५ कम्पनीको मूल्य बढ्दा १२ को घटेको छ भने एउटाको स्थिर रह्यो । धौलागिरि लघुवित्तको १४.९६, सिन्धु विकास बैंकको ११.०३, मल्टिपर्पस फाइनान्सको ९.७३, जानाकी फाइनान्सको ८.०६, मिडसोलु हाइड्रोपावरको ६.६७ प्रतिशत मूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३१ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ११ दशमलव ०३ प्रतिशतका दरले कमाएका छन् । मल्टीपर्पज फाइनान्सका लगानकिर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले कमाएका हुन् ।

    आज सबैभन्दा धेरै एभरेष्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानकिर्ताले ५ दशमलव ५५ प्रतिशतका दरले गुमाएका हुन् ।

     

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १५:३८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij