Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न रास्वपाको माग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न रास्वपाको माग


  • 827
    Shares

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न रास्वपाको माग
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो प्रश्ताव गरेका हुन्। 

    उनले पछिल्लो समय मुलुकमा घटिरहेका विपद्का घटनाहरुलाई दैवीप्रकोप भन्न नमिल्ने बताएका छन् । सांसद खरेलले बाढी, पहिरो, डुबान, कटान तथा भूकम्पलगायतका विपद्लाई दैवी प्रकोप नभई मानव सिर्जित वा प्राकृतिक विपद्का रूपमा बुझ्नुपर्ने बताएका छन् । उनले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७४ तथा त्यसअन्तर्गत बनेको नियमावलीले दैवी प्रकोपसम्बन्धी पुरानो कानुनी व्यवस्थालाई विस्थापित गरिसकेको उल्लेख गरेका छन् ।  

    उनले भने, ‘भोटेकोशी बाढी दैवी प्रकोप होइन भन्ने कुरामा हामी स्पष्ट छौँ । यो बाढी मात्र होइन, कुनैपनि बाढी, पहिरो, डुबान, कटान, भूइँचालो लगायतका विपद्हरु दैवीप्रकोप होइन् । कि यी मानव सिर्जित हुन् कि प्राकृतिक विपद् हुन् । यसको पुष्टि २०७४ सालमा बनेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७६ मा बनेको नियमावलीले स्पष्ट गरेको छ कि २०३९ सालमा बनेको दैवी प्रकोप उद्धार ऐनलाई विस्थापित गरेर आएपछि अब दैवी रहेन । त्यसकारण मेरो सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुराध छ, यो दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर अब प्रधानमन्त्री विपद् राहत कोष भनेर कायम गरियोस् ।’

     

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १५:०३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij