Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितासहित सफलतापूर्वक सम्पन्न

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितासहित सफलतापूर्वक सम्पन्न


  • 400
    Shares

    पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितासहित सफलतापूर्वक  सम्पन्न
    images

    काठमाडौं । बजाज पल्सरको युवाकेन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। कात्तिक १४ गते (अक्टोबर ३१) पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो।

    मौसम र कार्यक्रमस्थलसम्मको पहुँचमा केही चुनौती रहे पनि दर्शकको उल्लेखनीय उपस्थितिले पोखरामा पल्सर आरपीएमप्रति देखिएको उत्साहलाई प्रतिबिम्बित गरेको छ। कार्यक्रममा पल्सर एन१६० मार्फत प्रस्तुत गरिएका रोमाञ्चक मोटरसाइकल स्टन्टले दर्शकको ध्यान आकर्षित गरेको थियो। त्यस्तै, फ्रिस्टाइल र स्ट्याटिक्स विधामा आयोजित क्यालिस्थेनिक्स प्रतियोगितामा खेलाडीहरूले आफ्नो शारीरिक क्षमता, सन्तुलन र कौशल प्रदर्शन गरेका थिए। 

    अवार्ड विजेता खेलाडीको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा स्थानीय बीएमएक्स राइडर, स्केटबोर्डर, ब्रेकिङ कलाकार, ग्राफिटी आर्टिस्ट तथा आर्म रेस्लिङका सहभागीहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। डिजे जेन्टल–जीको प्रस्तुतिसँगै विभिन्न सहभागितामूलक गतिविधि, फुड तथा कफी स्टलले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। कार्यक्रमस्थलमा पल्सर एन१६० र एनएस२०० को प्रदर्शनका साथै टेस्ट राइडको व्यवस्था गरिएको थियो, जसले सहभागीहरूलाई दुवै मोटरसाइकलको अनुभव लिने अवसर प्रदान गरेको थियो।

    काठमाडौं र बुटवलमा सफल आयोजना भइसकेको पल्सर आरपीएमको पोखरा संस्करणले स्थानीय प्रतिभा र युवा समुदायलाई एउटै मञ्चमा जोड्दै नेपालमा स्ट्रीट कल्चर तथा एक्सन स्पोर्ट्सको विकासमा योगदान पुर्‍याउने आफ्नो उद्देश्यलाई थप बलियो बनाएको छ।

    यस अवसरमा पल्सर आरपीएमका स्टन्ट राइडर रबिन श्रेष्ठले पोखरेली दर्शकको उत्साह र साथप्रति आभार व्यक्त गर्दै भने, “पोखरा, तपाईंहरूले दिनुभएको माया र साथका लागि धेरै धन्यवाद। तपाईंहरूको उत्साह र समर्थनले हरेक प्रस्तुतिलाई अझ विशेष बनाएको छ। यो केवल एउटा शो नभई सपना देख्ने, आफ्नो प्रतिभा प्रस्तुत गर्ने र एकअर्कालाई साथ दिने सबैको साझा उत्सव हो।”

    बजाज पल्सरले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने स्थानीय कलाकार, खेलाडी, साझेदार, सञ्चारकर्मी, आयोजक टोली तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेको छ।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १६:३९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij