Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य


  • 288
    Shares

    इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य
    images

    काठमाडौं । इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतक मदतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो ।

    विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए । एनपीएल इतिहासमा एकै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो ।

    इमरानले ४५ बल खेल्दै ५ चौका र २ छक्का मदतमा ५६ रन बनाए । लोकेशले ४० बल खेल्दा समान ३ चौका र ३ छक्का मदतमा ५० रन जोडे ।

    ओपनर शेहान जयासूर्य टिमको स्कोर २ रन हुँदा नै आउट भएपछि वान डाउनमा आएका इमरान शेख र ओपनर लोकेश बमले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए । यस सिजन यो पहिलो शतकिय साझेदारी हो ।

    यस्तै आक्रमक ब्याटिङ गरेका आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए । आक्रमक ब्याटिङ गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभम रन्जाने ७ रनमा अविजित रहे ।

    बलिङमा जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १४:४३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij