Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

रासिद र करण चम्किँदा काठमाडौंको पहिलो जित

रासिद र करण चम्किँदा काठमाडौंको पहिलो जित


  • 281
    Shares

    रासिद र करण चम्किँदा काठमाडौंको पहिलो जित
    images

    काठमाडौं । रासिद खान र कप्तान करण केसीको उत्कृष्ट ब्याटिङमा काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ। सोमबार कर्णाली याक्सलाई ४ विकेटले हराउँदै काठमाडौंले २ अंक जोडेको हो।

    कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। रासिदले ३४ बलमा ५० रन बनाए भने करणले २० बलमा ४४ रन जोडे। जहानदान खानले अविजित २२ रन बनाए।

    त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो। अरिफुल इस्लामले ४४, हुसेन तलतले ४० र पवन सर्राफले अविजित ३० रन बनाए।

    लगातार दुई जित निकालेको कर्णालीको यो पहिलो हार हो।
     

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - १६:४३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij