२०८३ कार्तिक १७ गते मंगलवार
काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ सुरु भएको छ ।
एक्स्पोको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गरेकी छन् । पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि तथा वन नर्सरी र जडीबुटी नर्सरीको एकसाथ हुने बृहत् प्रदर्शनी कार्तिक २१ गतेसम्म चल्नेछ ।
एक्स्पोमा ६३ वटा व्यावसायिक स्टल, ६ वटा अफिसियल स्टल र ४ वटा प्रतिस्पर्धात्मक स्टलसहित जम्मा ७३ वटा स्टलहरू रहेको आयोजकले जनाएको छ । एक्सोमा तिहारमा प्रयोग हुने फूलहरूका साथै बिरुवा, फलफूल, जडीबुटी, कृषि वनका सामग्रीहरू, कृषि प्रविधि, कृषि औजार र मलखादहरू एउटै छानामुनि महामेलाको रूपमा उपलब्ध गराइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij