Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

काठमाडौँमा आज यी क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने

काठमाडौँमा आज यी क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने


  • 715
    Shares

    काठमाडौँमा आज यी क्षेत्रमा  विद्युत् आपूर्ति बन्द रहने
    images

    काठमाडौं । आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

    सूचना प्रकाशित गर्दै प्राधिकरणले १७ गते बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त सबस्टेसनबाट विद्युत् वितरण हुने चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरी लगायतका आसपासका सम्पूर्ण क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्द रहने जानकारी गराएको छ।

    निर्धारित समयअगावै मर्मतसम्भार कार्य सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिने पनि प्राधिकरणले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - ०७:००:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij