२०८३ कार्तिक १६ गते सोमवार
काठमाडौं । पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडेर डोर्याउँदै भाग्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंकरोड सडकखण्डबाट प्रहरीले २७ वर्षीय राकेश चौधरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरञ्ज महानगरपालिका–२४ रामगढवाका ३० वर्षीय विकास कुमार कुशवाहाको नाममा दर्ता रहेको मधेस प्रदेश ०३–०३५ प ७१७५ नम्बरको मोटरसाइकल पार्किङ गरी राखिएको स्थानबाट लक तोडेर डोर्याउँदै भागिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले चौधरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।
उनका अनुसार पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान बढाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij