Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

हराइरहेका ६ भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार

हराइरहेका ६ भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार


  • 204
    Shares

    हराइरहेका ६ भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार
    images

    काठमाडौं । भारी हिमपातका कारण शेफोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। 

    सोमबार बिहान ६ जना भारतीय पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको हो।

    डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शेफोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका ६ जना भारतीय पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए। 

    उद्धार हुनेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिहां, डिप्लिना विश्वास र राजेश डी छन्। उनीहरूलाई आइतबारै उद्धार गर्ने प्रयास भए पनि प्राविधिक समस्याका कारण हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - १२:०६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij