२०८३ कार्तिक १५ गते आइतवार
काठमाडौ । जर्मनीमा सुरु भएको जेनजी प्रदर्शन हिंसात्मक बनेको छ। फ्र्याङ्कफर्ट, बर्लिन, कोलोन र ह्याम्बर्गलगायत सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप तथा लुटपाटका घटना भएका छन्।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गर्नुका साथै विभिन्न स्थानबाट प्रदर्शनकारीलाई पक्राउ गरेको छ। प्रदर्शनकारीले प्रहरी तथा आपत्कालीन सेवाका कर्मचारीमाथि ढुंगा, बोतल र पटाका प्रहार गरेको बताइएको छ।
‘जेन जेड रेगेल्ट’ अभियानअन्तर्गत भएको प्रदर्शनमा शान्ति, स्वतन्त्रता, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग गरिएको छ। दिनभर शान्तिपूर्ण रहेको प्रदर्शन राति हिंसात्मक बनेको बीबीसीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij