Logo

२०८३ कार्तिक ११ गते बुधवार

२०८३ कार्तिक ११ गते बुधवार

चक्रवात 'अर्नब'

अति शक्तिशाली चक्रवात 'अर्नब' भारत आइपुग्यो, नेपालमा पनि पर्न थाल्यो प्रभाव

अति शक्तिशाली चक्रवात 'अर्नब' भारत आइपुग्यो, नेपालमा पनि पर्न थाल्यो प्रभाव


  • 575
    Shares

    अति शक्तिशाली चक्रवात 'अर्नब' भारत आइपुग्यो, नेपालमा पनि पर्न थाल्यो प्रभाव
    images

    काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात 'अर्नब' भारतको आन्ध्र प्रदेशबाट जमिनमा प्रवेश गरेको छ।

    जसको प्रभावले नेपालको वायुमण्डलमा पनि आजदेखि बादल (हाई क्लाउड्स) देखिन थालेको छ। बिहीबार कात्तिक १२ गतेदेखि उक्त चक्रवातको प्रभाव क्रमशः बढ्दै जाने सम्भावना छ।

    मौसम महाशाखाका अनुसार पश्चिममध्य बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात अर्नब आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट आज बिहान सवा ८ बजेतिर जमिनमा प्रवेश गरेको हो।

    जसको प्रभावले नेपालमा बिहीबारदेखि शनिबारसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन/चट्याङ, असिनासहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

    यसैगरी उक्त ३ दिन कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा समेत भारी वर्षा/हिमपातको सम्भावना छ।

    866902294_1103219015670649_5791320256408840896_n_BJ4MnqdVrD.jpg

    प्रकाशित मिति :कार्तिक ११ २०८३ बुधवार - १९:५४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij