२०८३ कार्तिक ११ गते बुधवार
काठमाडौं । पोखराको न्यूरोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सभागृह चोकस्थित न्यूरोडको ग.१६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनाबाट स्कुटरमा सवार पोखरा लेकसाइड बस्ने २८ वर्षका आशिष कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij