Logo

२०८३ कार्तिक ११ गते बुधवार

२०८३ कार्तिक ११ गते बुधवार

चलचित्र ‘पाँच पाण्डव’को गीत सार्वजनिक

चलचित्र ‘पाँच पाण्डव’को गीत सार्वजनिक


  • 344
    Shares

    चलचित्र ‘पाँच पाण्डव’को गीत सार्वजनिक
    images

    काठमाडौं । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘पाँच पाण्डव’को गीत सार्वजनिक भएको छ । निर्माण टिमले  ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ बोलको गीत सार्वजनिक गरेको हो ।

    दाजुभाइबीचको मिलन र भातृत्व दर्शाउने गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर छ । अर्जुन पोखरेलको संगीत छ भने डा. कृष्णहरि बरालको शब्द छ । स्वर्गलोकका युधिष्ठिर धर्तिमा रहेका आफ्ना भाइहरू समस्यमा परेपछि खोजी गर्दै आइपुगेको देखाइएको छ ।

    कात्तिक २० गतेबाट प्रदर्शनमा आउने चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिक्देल, महेश त्रिपाठी र सुशील सिटौला छन् । यी कलाकार ‘पाँच पाण्डव’को भूमिकामा छन् । दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपानेलगायतको पनि अभिनय छ ।

    यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । 

    प्रकाशित मिति :कार्तिक ११ २०८३ बुधवार - १०:३३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij