२०८३ कार्तिक ५ गते बिहिवार
ककरोच जनता पार्टी (सिजेपी) का नेता सौरव दास र आशुतोष रंका बुधबार तिहाड जेलबाट रिहा भएका छन्।
शान्ति कायम राख्ने लिखित प्रतिबद्धता जनाएपछि विशेष कार्यकारी मजिस्ट्रेट (एसईएम) ले उनीहरूलाई रिहा गर्न आदेश दिएको इन्डिया टूडेले जनाएको छ।
एसईएमका रूपमा कार्यरत एसीपी रितु राजले उनीहरूको न्यायिक हिरासत तीन दिन थप्न प्रहरीले गरेको माग अस्वीकार गरे। शान्ति भंग हुने आशंकालाई व्यक्तिगत धरौटी र लिखित प्रतिबद्धताले सम्बोधन गर्न सक्ने उनको भनाइ थियो।
दुवै नेताले अनुसन्धान पूरा नहुँदासम्मका लागि जनही ५० हजार भारुको व्यक्तिगत धरौटी र जमानत पेस गरेका छन्। उनीहरूको रिहाइ दिल्ली उच्च अदालतमा हिरासत थप्ने निर्णयविरुद्ध दायर गरेको निवेदन फिर्ता लिएको केही घण्टापछि भएको हो।
मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रियामा अनियमितता भएको र मतदाताको नाम हटाइएको आरोप लगाउँदै दास र रंकाले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij